काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेको भोलिपल्टै आफ्नो पक्षका नेताहरूको भेला डाकेका छन् ।

बुधबार बिहानदेखि धोबीघाटस्थित सिद्धार्थ कटेजमा संस्थापन पक्षका नेताहरूको बैठक जारी रहेको छ । विशेष महाधिवेशनको मागसहित हस्ताक्षर संकलन दर्ता गर्ने तयारी भइरहेका बेला कार्यवाहक सभापति खड्काले पार्टीभित्रको सन्तुलन कायम गर्न सो बैठक बोलाएका हुन् ।

advertisement

बैठकमा सहभागी नेताहरूले महाधिवेशन प्रतिनिधिहरूको वैधानिक म्याद असोज १० गतेमै सकिएको भन्दै केन्द्रीय समितिको वैधानिकता अन्त्य हुनु अघि नै आगामी महाधिवेशनको कार्यतालिका पारित गरेर अघि बढ्न सुझाव दिएका छन् ।

उनीहरूको भनाइमा, प्रतिनिधिहरूको वैधानिकता सकिएको कारण अब पार्टीलाई नियमित महाधिवेशनतर्फ लैजानैपर्ने अवस्था आएको छ ।

बैठकमा सहभागी केही नेताहरूले उपसभापति खड्काको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । उनीहरूले पार्टीका महामन्त्रीहरूले हाल अघि सारेका प्रस्तावहरूमा सहयोग नगर्न सुझाव दिएका छन् ।

उनका अनुसार, केही नेताहरूले ‘सभापतिलाई असजिलो पार्ने गरी महामन्त्रीहरूले विगतदेखि नै चलाएको रणनीतिलाई रोक्न खड्काले ठोस भूमिका खेल्नुपर्छ’ भन्ने धारणा राखेका छन् ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com