काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा पुनर्स्थापनाको प्रस्तावको कडा विरोध गरेको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले संसद् पुनर्स्थापनाको माग जनाउनु भनेको ‘जेनजी विद्रोह’ले उठाएको परिवर्तनको भावनाप्रति अपमान गर्ने कार्य भएको टिप्पणी गरेका छन् ।
सभामुख देवराज घिमिरेले आज संसद् पुनर्स्थापनाबारे छलफल गर्न बोलाएको दलहरूको बैठकमा पनि राप्रपाले यही अडान दोहोर्याउने बताएका छन् ।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, ‘फेरि पनि कुनै कोणबाट विघटित संसद् पुनर्स्थापनाको प्रयास हुनु जनताको परिवर्तनको चाहनाविपरीत हुनेछ । यो जेनजी विद्रोहको अपमान हो, यस्तो दुष्कर्ममा कोही पनि संलग्न नहोस् ।’
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार












प्रतिक्रिया