सिरहा। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध सिरहामा जाहेरी दर्ता भएको छ।

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका नेताहरूले उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिएका हुन्। जाहेरीमा दुवैजनामाथि राजनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिने र सामाजिक द्वन्द्व फैलाउने गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ।

advertisement

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सुमित श्रेष्ठ र सिरहा जिल्ला अध्यक्ष मजतोद्वारा हस्ताक्षरित उक्त जाहेरी जिल्ला प्रहरी प्रमुख अन्तराम शर्मालाई बुझाइएको छ।

 

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com