काठमाडौं । युरोपेली मुलुक लिथुआनियाले बेलारुसतर्फबाट आउने तस्करीका बेलुनहरुलाई गोली हानेर खसाल्ने चेतावनी दिएको छ ।

त्यहाँकी प्रधानमन्त्री इन्गा रुजिनियनले निरन्तर आकाशमा देखिएको बेलुनका कारण हवाई उडानमा समस्या भएपछि सो चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत हप्ता मात्रै, नेटो सदस्य लिथुआनियाले आकाशमा बेलुनहरु देखिएपछि स्थानीय भिल्नियस विमानस्थल चार पटक बन्द गरेको थियो ।

advertisement

सो क्रममा बेलारुससँगको सीमा पनि अस्थायी रुपमा बन्द गरिएको थियो । आफ्नो आकाश हुँदै बेलारुसले बेलुनमार्फत तस्करीका चुरोट लगायतका सामान पठाउने गरेको लिथुआनियाको आरोप छ ।

 

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com