- प्रकाशचन्द्र खतिवडा
युद्ध सकिएको विसाैँ वर्ष भैसक्यो
जीवितै छन पीडाका घाउहरु
घाइते, अपाङ्गहरुको आर्तनाद
सुन्दैन सरकार ।
सत्ताको कब्जा कसेर
विपक्षलाई लात हानी
निरङकुशताको जालोमा फसाउँदै
संवैधानिक संकट देखाएर
हाम्रा मागहरु निश्तेज पार्दैछ सरकार ।
हामी मस्तसंग निदाइरहेका छौ
चुपचाप
कुनै प्रतिकृया छैन
हामीलाई समयले चुटेको छ
स्वर्णिम इतिहास लेख्न पनि
दस्तावेजहरु खोजि खोजि लुटिएको छ ।
हामी त्यस्ता सन्तान हौ
जो रोएर जुनि कटाउँछौ
हामीलाई दुः खको जाँतोले थिचिएको छ
हामी विद्रोह नगर्ने भन्ठानेर
हामीलाई वुद्धु संझी
हामी माथि शासन गरि रहेछन तिनीहरु ।
तिनीहरुलाई थाहा नहुन सक्छ
अन्यायले थिचिए पछि
मान्छे आक्रोशित भै
प्रतिवाद गर्न थाल्छ
हामी अन्यायले थिचिएका छौ
हाम्रो विकल्प विद्रोह बाहेक अरु के हुन सक्छ ?
हामी आगो हौ
हामीलाई छोए तिनीहरुलाई पोल्न सक्छ
कठपुतली नचाएर
आफूलाई सुरक्षित ठानी
भ्रममा बाँचेका छन तिनीहरु
भ्रमको जालो च्यात्नै छ
सुरक्षा घेरा तोडेर
तिनीहरु माथि धावा बोल्नै छ ।
तिनीहरु सत्ताच्यूत भए पछि
देशले मुक्ति पाउने छ
हामी उन्मुक्त हाँस्ने छौ
शहीदका पूरा हुने छन सपना
घाइते अपाङ्गको पूरा गरिनेछ आशा
क्रान्तिकारीको सरकार बने पछि ।
(सुन्दरहरैंचा, मोरङ)
प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार












प्रतिक्रिया