काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेको अवसरमा बधाई दिएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत शुभकामना सन्देश जारी गर्दै मोदीको उक्त उपलब्धिलाई ऐतिहासिक भन्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।

advertisement

शुभकामना सन्देशमा उनले मोदीको सुस्वास्थ्य, सफल नेतृत्व तथा भारतका जनताको निरन्तर प्रगति र समृद्धिको कामना गरेका छन्। साथै नेपाल–भारत सम्बन्धलाई उच्च महत्व दिँदै आगामी दिनमा दुई देशबीचको सहकार्य र मित्रतालाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका छन्।

मोदीले जुन १० मा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको लगातार निर्वाचित प्रधानमन्त्री रहने कीर्तिमानलाई उछिन्दै नयाँ इतिहास कायम गरेका थिए। उक्त उपलब्धिपछि विभिन्न देशका नेताहरूले उनलाई बधाई तथा शुभकामना सन्देश पठाइरहेका छन्। :::

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com