काठमाडौं । नेपाली कांग्रेसमा उठेको विशेष महाधिवेशनको मागले चर्किएको विवादबीच राष्ट्रपति रामचन्द्र पौडेलले सो आन्दोलनमा सक्रिय नेताहरूलाई शीतलनिवासमा छलफलका लागि बोलाएका छन्।

विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान सञ्चालन गरिरहेका नेताहरूलाई समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी गर्न राष्ट्रपति पौडेलले आमन्त्रण गरेको शीतलनिवास स्रोतले जनाएको छ।

advertisement

स्रोतका अनुसार, लुम्बिनी प्रदेश सभापतिसहित हस्ताक्षर अभियानमा संलग्न एक दर्जनभन्दा बढी नेताहरू आज शीतलनिवासमा उपस्थित हुनेछन्। हस्ताक्षर अभियानको नेतृत्व गरिरहेका नेता गुरुराज घिमिरेसँग भने राष्ट्रपति पौडेलले अलग्गै भेट गरेर प्रारम्भिक धारणा सुनेको बताइएको छ।

कांग्रेसभित्र आगामी निर्वाचनअघि वा पछि महाधिवेशन गर्ने भन्ने विषयमा तीव्र मतवैभिन्न्य देखिएको छ। यही बहसलाई टुंग्याउन र आगामी कदम तय गर्न पार्टीले मंसिर ११ गते केन्द्रीय समिति बैठक बोलाइसकेको छ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com