काठमाडौं । उज्यालो नेपाल पार्टीले मंसिर १७ गते प्रज्ञा भवनमा घोषणा सभा आयोजना गर्ने भएको छ।

पार्टीका नेता महेन्द्र लावतीका अनुसार उक्त सभा प्रमुख अतिथि वर्तमान उर्जामन्त्री कुलमान घिसिङ रहनेछन्। लावतीले भने, ‘कुलमानजी प्रमुख अतिथि भएर सभा सञ्चालन हुनेछ। यस अवसरमा सहकार्य र एकता गर्न सक्ने अन्य शक्तिहरू पनि जोडिनेछन्। कार्यक्रम चरणबद्धरूपमा अघि बढ्नेछ र विस्तारमा जानकारी दिइनेछ।’

advertisement

अहिलेसम्म उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनारको हाम्रो पार्टी नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एउटै चुनाव चिह्न प्रयोग गर्ने निर्णय गरेको छ। लावतीका अनुसार अन्य राजनीतिक शक्तिसँग सहकार्य र एकताबारे छलफल भइरहेको छ, त्यसैले घोषणा सभामा अरु को को उपस्थित हुने भन्ने विषय अन्तिम चरणमा तय हुँदैछ।

सभामा उज्यालो नेपाल पार्टीको दीर्घकालीन रणनीति, मूल ध्येय र आगामी २०८२ सालका लागि विस्तृत घोषणापत्र औपचारिक रूपमा सार्वजनिक गरिने पनि जानकारी दिइएको छ।

प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com