मदिराजन्य पेय पदार्थको प्रयोगमा प्रतिबन्ध लगाएको थाइल्याण्डले लचकता अपाउने भएको छ । पर्यटकीय गतिविधि चलायमान बनाउने उद्देश्यले मदिराको विक्रि वितरणका लागि अस्थायी रुपमा निश्चित समय तोकेर खुला गरिने भएको हो ।तत्कालका लागि ६ महिना मात्र लागू हुने गरि आधिकारीक र मान्यता प्राप्त बिक्रेताले दैनिक ३ घण्टा मात्र मदिराको विक्रि वितरण गर्न पाउने व्यवस्था गर्न लागिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

थाइल्याण्डले सन् १९७२ मा मदिराको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । गत सेप्टेम्बरमा प्रधानमन्त्री बनेका अनुतिन चार्नविराकुलले पर्यटनलाई चलायमान बनाउनका लागि पहल गर्ने प्रतिबद्दता जनाएका थिए । सोही अनुरुप सरकारले नयाँ कदम चालेको हुन सक्ने विश्लेषण भएका छन् ।

advertisement

 

 

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com