काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि जितेको छ। फाइनल खेलमा प्रतिस्पर्धी टोली सुदुर पश्चीम राेयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले उपाधि आफ्नो नाममा लेखाएको हो।
सिजनभर सन्तुलित प्रदर्शन गरेको लुम्बिनी लायन्सले फाइनलमा समेत अनुशासित खेल प्रस्तुत गर्दै निर्णायक जित हात पारेको आयोजकले जनाएको छ। उपाधि जितेसँगै टोलीका खेलाडी, प्रशिक्षक तथा समर्थकहरूमा उत्साह छाएको छ।
एनपीएल सिजन–२ को सफल आयोजनाले नेपाली क्रिकेटको विकासमा थप योगदान पुगेको खेल विश्लेषकहरूले बताएका छन्।
प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार












प्रतिक्रिया