काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको मतपरिणामले रोचक राजनीतिक चित्र देखाएको छ। अध्यक्ष पदमा भारी मतान्तरसहित विजयी भएका केपी शर्मा ओली केन्द्रीय सदस्यमा भने अप्रत्याशित रूपमा पराजित भएका छन्।

विधानले अनुमति दिएको व्यवस्था अनुसार ओलीले अध्यक्षसँगै केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिएका थिए। अध्यक्षमा उनले १ हजार ६ सय ६३ मत ल्याउँदै सहज जित दर्ता गरे। तर खुला केन्द्रीय सदस्यतर्फ भने ९ सय ७९ मतमै सीमित हुँदा उनी २८औँ स्थानमा परेर सूचीबाट बाहिरिएका छन्।

advertisement

एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजामा यो तथ्य स्पष्ट देखिन्छ।

केन्द्रीय सदस्यमा पराजित भएपछि पूर्वमाओवादी नेताले त्यागे एमाले

यता अध्यक्ष पदमा ५ सय ६४ मत पाएर पराजित भएका ईश्वर पोखरेलले भने केन्द्रीय सदस्यमा सफलता हात पारेका छन्। खुला केन्द्रीय सदस्यतर्फ उनी १ हजार ८८ मतसहित ९औँ स्थानमा रहँदै विजयी भएका हुन्।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com