काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा उपस्थित भई बयान दिने स्पष्ट गरेका छन्।
बिहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आफूलाई जानकारी लिनका लागि बोलाएको र त्यसअनुसार आयोगमा जाने निर्णय गरेको बताए।
‘भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचका लागि गठित आयोगले मलाई बोलाएको छ। म आयोगमा उपस्थित भएर बयान दिन्छु,’ उनले भने।
लेखकका अनुसार आयोगले उनलाई शुक्रबार उपस्थित हुन बोलाएको थियो। तर, आफ्ना व्यस्तताका कारण उनले सोमबार जाने जानकारी आयोगलाई गराइसकेका छन्।
‘मलाई भोलिकै मितिका लागि बोलाइएको थियो, तर मैले सोमबार उपस्थित हुन्छु भनेको छु। १४ गते सोमबार म आयोगमा जान्छु,’ उनले स्पष्ट पारे।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार












प्रतिक्रिया