काठमाडौं । ग्रामथान गाउँपालिका–५ मा टिपरको ठक्करबाट भएको सडक दुर्घटनामा १४ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बुबा घाइते भएका छन्।

बिहीबार साँझ विराटचोक–घिनाघाट सडकखण्डअन्तर्गत ग्रामथान गाउँपालिका–५ ककडमाडीमा प्रदेश १–०२–००१ ख ९७७० नम्बरको टिपरले प्रदेश १–०२–०५२ प ९००५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

advertisement

दुर्घटनामा स्कुटरमा सवार ग्रामथान–५ का १४ वर्षीय अनुप कार्कीको मृत्यु भएको हो। स्कुटर चालक तथा अनुपका बुबा ३५ वर्षीय केशर कार्की घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार गम्भीर घाइते भएका अनुपलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो। चिकित्सकले साँझ करिब ६ बजे उनलाई मृत घोषणा गरेका थिए। घाइते केशर कार्कीको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि टिपर र त्यसका चालक सुन्दरहरैंचा नगरपालिका–४ का २४ वर्षीय सञ्जय चौधरीलाई नियन्त्रणमा लिइएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिएका छन्।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com