काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, ११औँ महाधिवेशनपछि आइतबार बिहान ११ बजे पार्टीको पहिलो सचिवालय बैठक बस्ने तय भएको छ। बैठक च्यासलस्थित पार्टी कार्यालयमै बस्ने गरी बोलाइएको भए पनि एजेन्डाबारे जानकारी खुल्न सकेको छैन।

एक नेताका अनुसार, आगामी फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदै भएकाले पुस १३ र १४ गतेसम्म समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्नेछ। त्यसैले एमालेले उक्त सूचीसम्बन्धी छलफल गर्न बैठक बोलाएको हुनसक्ने अनुमान गरिएको छ।

बैठकमा नेताहरूको कार्यविभाजन, आन्तरिक व्यवस्थापन र अन्य संगठनात्मक विषयमा पनि छलफल र आवश्यक निर्णय लिन सकिने नेताले जानकारी दिएका छन्।

प्रकाशित मिति: १२ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com