काठमाडौं । निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक आज जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगसमक्ष बयान दिन उपस्थित हुँदैछन्। गत भदौ २३ र २४ गते भएका घटनाबारे सोधपुछ गर्न आयोगले उनलाई पुस १३ गते उपस्थित हुन पत्र पठाएको थियो, जसअनुसार उनी आज आयोगमा बयान दिन जाने भएका हुन्।
आयोगबाट पत्र प्राप्त भएपछि लेखकले आफू बयान दिन उपस्थित हुने जानकारी यसअघि नै पार्टी नेतृत्वलाई गराइसकेका थिए। लेखकको सचिवालयका अनुसार, उनी सोमबार दिउँसो १२ बजे आयोगमा उपस्थित भई बयान दिने कार्यक्रम रहेको छ।
जेन–जी आन्दोलनका क्रममा लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए। आयोगमा बयान सकेपछि उनले दिउँसो साढे २ बजे सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार












प्रतिक्रिया