काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखक जेन–जी आन्दोलनपछिका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगसमक्ष सोमबार बयान दिन उपस्थित भएका छन्।
गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे सत्यतथ्य पत्ता लगाउन आयोगले लेखकलाई बोलाएको हो। उक्त आन्दोलनका बेला उनी गृह मन्त्रालयको जिम्मेवारीमा रहेका थिए।
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार












प्रतिक्रिया