काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि देखिएको छ।

निर्धारित दर अनुसार, अमेरिकी डलरको खरिददर १४४.०२ रुपैयाँ र बिक्रीदर १४४.६२ रुपैयाँ तोकिएको छ। युरोपियन युरोको खरिददर १६८.७९ रुपैयाँ र बिक्रीदर १६९.४९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङको खरिददर १९३.५१ रुपैयाँ र बिक्रीदर १९४.३२ रुपैयाँ, स्वीस फ्र्याङ्कको खरिददर १८१.५३ रुपैयाँ र बिक्रीदर १८२.२९ रुपैयाँ कायम गरिएको छ।

advertisement

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ९६.३८ रुपैयाँ र बिक्रीदर ९६.७८ रुपैयाँ, क्यानेडियन डलरको खरिददर १०४.९५ रुपैयाँ र बिक्रीदर १०५.३९ रुपैयाँ, सिङ्गापुर डलरको खरिददर १११.९३ रुपैयाँ र बिक्रीदर ११२.४० रुपैयाँ रहेको छ।

जापानी येन १० को खरिददर ९.१८ रुपैयाँ र बिक्रीदर ९.२२ रुपैयाँ, चिनियाँ युआनको खरिददर २०.५९ रुपैयाँ र बिक्रीदर २०.६८ रुपैयाँ, साउदी अरेबियन रियालको खरिददर ३८.४० रुपैयाँ र बिक्रीदर ३८.५६ रुपैयाँ, कतारी रियालको खरिददर ३९.४० रुपैयाँ र बिक्रीदर ३९.५७ रुपैयाँ तोकिएको छ।

थाइ भाटको खरिददर ४.५८ रुपैयाँ र बिक्रीदर ४.६० रुपैयाँ, युएई दिरामको खरिददर ३९.२१ रुपैयाँ र बिक्रीदर ३९.३८ रुपैयाँ, मलेसियन रिङ्गेटको खरिददर ३५.५३ रुपैयाँ र बिक्रीदर ३५.६७ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.९६ रुपैयाँ र बिक्रीदर १०.०० रुपैयाँ, स्वीडिस क्रोनरको खरिददर १५.६० रुपैयाँ र बिक्रीदर १५.६७ रुपैयाँ, डेनिस क्रोनरको खरिददर २२.६० रुपैयाँ र बिक्रीदर २२.६९ रुपैयाँ कायम गरिएको छ।

हङकङ डलरको खरिददर १८.४८ रुपैयाँ र बिक्रीदर १८.५६ रुपैयाँ, कुवेती दिनारको खरिददर ४६८.५१ रुपैयाँ र बिक्रीदर ४७०.४६ रुपैयाँ, बहराइन दिनारको खरिददर ३८२.०२ रुपैयाँ र बिक्रीदर ३८३.६१ रुपैयाँ, ओमनी रियालको खरिददर ३७४.०८ रुपैयाँ र बिक्रीदर ३७५.६४ रुपैयाँ रहेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०.१५ रुपैयाँ तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार यो विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर फरक हुनसक्ने भएकाले, अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुनेेछ ।

प्रकाशित मिति: १९ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com