काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित मधेस प्रदेश सभाका युवा सांसद रहबर अन्सारीले पार्टी परित्याग गरेका छन्। पार्टी नेतृत्वप्रति लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका अन्सारीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।

राजीनामा पत्रमा उनले पार्टीले साहस, इमानदारी र जोखिम उठाउने क्षमता गुमाइसकेको उल्लेख गर्दै आफू अब यस्तो विरोधाभासपूर्ण राजनीतिक यात्राको हिस्सा बन्न नसक्ने स्पष्ट पारेका छन्। “पार्टीले मूल मूल्य त्यागिसकेको अवस्थामा म त्यसको जिम्मेवारी लिन सक्दिनँ,” पत्रमा उल्लेख छ।

advertisement

केही दिनअघि मधेसमा आयोजित नेकपा एकता सन्देशसभामा प्रचण्डले गाएको ‘इन्कलाब’ गीतका शब्द स्मरण गर्दै अन्सारीले आफ्नो असहमति व्यक्त गरेका छन्। समाजवादी क्रान्तिको नारासहित पार्टी सदस्यताबाट विदा लिने निर्णयमा पुगेको उनले बताएका छन्।

हुलाकमार्फत राजीनामा पठाएका अन्सारीको यो कदमले मधेस प्रदेशको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com