काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थापित राजनीतिक दलहरूलाई निर्वाचनमा भाग लिन नदिने र घरबाट बाहिर निस्कन नदिने प्रयास गर्ने समूहलाई विफल बनाइएको बताएका छन्।

उनी दोस्रो केन्द्रीय कमिटी बैठकमा देशको राजनीतिक परिस्थितिबारे ब्रिफिङ दिँदै यस विषयमा बोल्दै आएका हुन्। ओलीले जेनजी आन्दोलनपछिका उनलाई बदनियतीपूर्ण आरोपहरूको डटेर सामना गरेको र पार्टीलाई कमजोर पार्न आउने यस्ता आक्रमणहरूको सामना गर्न आवश्यक रहेको बताए।

advertisement

उनले राजनीतिक ध्रुवीकरण बढेको र नयाँ दल र पुराना दलबीचको विभाजनको चर्चा गरिएकोमा सत्यता नभएको पनि स्पष्ट पारे। उनले भने, ‘जेनजी आन्दोलनका विध्वंसकारी पक्षधरहरू एकठाउँमा उभिएका छन् भने यसको विरोध गर्नेहरूले अर्को ठाउँमा उभिन सक्छन्, तर यसको अर्थ पार्टी कमजोर भएको होइन।’

अध्यक्ष ओलीले महाधिवेशनमा प्रतिस्पर्धा गरेकै आधारमा जिम्मेवारी वाडफाटमा विभेद नगर्ने स्पष्ट पारे र सिंगो पार्टी एक भएर आगामी निर्वाचनमा जानुपर्नेमा जोड दिए।

तीन दिनका लागि बोलाइएको एमालेको केन्द्रीय कमिटी बैठक यस पटक एकै दिनमा सक्ने तयारीमा रहेको छ। बैठकमा महाधिवेशनबाट निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र वितरण र पार्टी नियमावली प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com