काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि थप निर्वाचन क्षेत्रका उम्मेदवारहरू टुङ्गो लगाएको छ।
हिजो राति अबेरसम्म बसेको पार्टी बैठकले नुवाकोटका दुवै क्षेत्रमा उम्मेदवार चयन गरेको छ। नुवाकोट–१ मा डा. विक्रम तिमिल्सिना र नुवाकोट–२ मा डा. अच्युतम लामिछाने उम्मेदवार बनेका छन्। त्यस्तै दाङ क्षेत्र नम्बर ३ बाट कमल सुवेदीले टिकट पाएका छन्।
प्रदेशगत रूपमा रास्वपाले लमजुङमा धर्म केसीलाई उम्मेदवार बनाएको छ। झापामा पाँचै क्षेत्रमा उम्मेदवार तय गरिएको छ— झापा–१ मा निशा डाँगी, झापा–२ मा पूर्वउपसभामुख इन्दिरा राना मगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भु सुस्केरा ढकाल र झापा–५ मा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) लाई टिकट दिइएको छ। नवलपुर–१ मा राजन गौतम उम्मेदवार बनेका छन्।
कर्णाली प्रदेशतर्फ जुम्लामा विनिता कठायतले टिकट पाएकी छन् भने सुदूरपश्चिमको कञ्चनपुर–३ मा ज्ञानेन्द्र महता उम्मेदवार बनेका छन्।
प्रदेश १ मा मोरङ–१ बाट अधिवक्ता यज्ञमणि न्यौपाने र मोरङ–३ बाट गणेश कार्की उम्मेदवार छन्। दोलखामा इञ्जिनियर जगदीश खरेलले टिकट पाएका छन्।
गण्डकी प्रदेशमा स्याङ्जा–१ बाट धनन्जय रेग्मी र बागलुङ–२ बाट युवा अभियन्ता सोम शर्मा उम्मेदवार बनेका छन्। बाजुरामा हेमराज थापा र ओखलढुङ्गामा विश्वराज पोखरेलले टिकट पाएका छन्। रामेछापमा डा. कृष्णहरि बुढाथोकी उम्मेदवार छन्।
यसैगरी तनहुँ–२ मा श्रीराम न्यौपाने र धादिङ–२ मा बोधनारायण श्रेष्ठ रास्वपाका आधिकारिक उम्मेदवार बनेका छन्।
रास्वपाले क्रमशः बाँकी क्षेत्रका उम्मेदवार पनि सार्वजनिक गर्ने जनाएको छ।
प्रकाशित मिति: ५ माघ २०८२, सोमबार












प्रतिक्रिया