पर्सा ।  चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाका हुँदै करिब रु ९० अर्ब ६ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। गत आवको सोही अवधिसँग तुलना गर्दा यस वर्ष करिब रु २ अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो। यसै अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु ३७ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार, गत आवको पहिलो छ महिनासँग तुलना गर्दा चालु आवमा आयात र त्यसबाट सङ्कलित राजस्व दुवैमा उल्लेखनीय वृद्धि देखिएको छ। गत आवको सोही अवधिमा रु ८७ अर्ब ३१ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात हुँदा रु ३६ अर्ब १४ करोड राजस्व सङ्कलन गरिएको थियो।

advertisement

भन्सार कार्यालयका तथ्यांकअनुसार, चालु आवको छ महिनामा डिजेलको आयात रु ४५ अर्ब ३८ करोड मूल्यबराबर हुँदा रु १९ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ। त्यस्तै, पेट्रोलको आयात रु २० अर्ब ९८ करोड मूल्यबराबर हुँदा रु १३ अर्ब ८२ करोड राजस्व प्राप्त भएको छ। एलपीजी ग्यासको आयात रु १४ अर्ब ७९ करोड भएको छ, जसबाट रु २ अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com