काठमाडौं। पाकिस्तानको राजधानी इस्लामाबादको तरलाई क्षेत्रमा रहेको एक इमाम बारगाहमा ठूलो विष्फोट भएको छ। स्थानीय सञ्चारमाध्यम बीबीसी उर्दूका अनुसार घटनामा धेरै जना घाइते भएका छन् भने केहीको मृत्यु भएको आशंका गरिएको छ।
इस्लामाबाद प्रहरीका प्रवक्ताले बीबीसी उर्दूका शहजाद मलिकलाई दिएको जानकारीअनुसार विष्फोट इमाम बारगाहको आँगनमा भएको हो। विष्फोटपछि घटनास्थलमा सुरक्षा सतर्कता बढाइएको छ।
उद्धार सेवा ११२२ का अनुसार घाइतेहरूलाई तत्काल नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ। घटनापछि आईजी इस्लामाबादले शहरमा आपतकालीन अवस्था घोषणा गरेका छन्।
विष्फोट तरलाईस्थित इमाम बारगाह खादिजातुल कुबरामा भएको पुष्टि गरिएको छ। घटनाको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।
प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार













प्रतिक्रिया