काठमाडौ । बंगलादेशमा ३५ वर्षपछि कुनै पुरुष व्यक्ति प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ। सन् १९८८ मा काजी जफर अहमद प्रधानमन्त्री बनेदेखि हालसम्म त्यहाँ पुरुष प्रधानमन्त्री बन्ने अवसर आएको थिएन।
सन् १९९१ देखि २०२४ सम्म बंगलादेशको राजनीतिमा पूर्वप्रधानमन्त्री खालिदा जिया र शेख हसिना को दबदबा रह्यो। यी दुवै नेता पालैपालो प्रधानमन्त्री बने।
सन् २०२४ मा विद्यार्थी आन्दोलनको दबाबमा हसिनाको सत्ता ढलेपछि मोहम्मद युनुस ले सरकारको नेतृत्व गरे। तर उनले प्रधानमन्त्रीको पद नभई ‘प्रमुख सल्लाहकार’ को रूपमा सरकार सञ्चालन गरेका थिए।
त्यसपछि, शेख हसिना निर्वासनमा रहँदा र उनको दललाई निर्वाचन लड्न प्रतिबन्ध लगाइएपछि, साथै खालिदा जियाको निधन भएपछि बंगलादेशले नयाँ प्रधानमन्त्री पाउने स्थिति आएको छ।
निर्वाचन आयोगले २०२४ मा भएको विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसामा अवामी लिगको प्रमुख भूमिका रहेको भन्दै उनीहरूलाई निर्वाचनमा सहभागी हुन प्रतिबन्ध लगाएको थियो।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया