काठमाडौ । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१, बाउनडाँडामा गएराति मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक राति करिब ९ बजे सडकबाट करिब ५०० मिटर तल खस्दा दुर्घटना भएको हो।

advertisement

दुर्घटनामा ट्रक चालक, ललितपुरको गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।

ट्रकमा रहेका अन्य दुई पुरुष, करिब ४० र ५० वर्षका, उपचारको क्रममा पाटन अस्पतालमा मृत घोषणा गरिएका थिए। अस्पतालमा मृत्यु हुने दुई जनाको सनाखत अझै बाँकी छ।

दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।

प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com