काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ मा हुने निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले पार्टीले प्राप्त गरेको पछिल्लो रिपोर्ट अनुसार देशव्यापी जनमतमा पहिलो स्थानमा देखिएको जानकारी दिएका छन्।

प्रवक्ता सापकोटाले भने, ‘नेपालको पहिलो पार्टी नेकपा बन्ने संकेत स्पष्ट रूपमा देखिँदैछ। देशभरबाट आएको रिपोर्ट हेर्दा हामी त्यही अनुसार तयारीमा छौँ।’

advertisement

उनले आगामी निर्वाचनको वातावरण निर्माणमा पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। साथै, निर्वाचन स्वच्छ, पारदर्शी र मर्यादित रूपमा सम्पन्न गर्न सरकारसँग आवश्यक माग राखेको पनि सापकोटाले जानकारी दिए।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com