काठमाडौं। २५० जनालाई अवैध तरिकाले अमेरिका पठाएको आरोपमा परेका व्यक्तिविरुद्ध करिब एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ।

मुद्दा दायर हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ घर भएका कलबहादुर बस्नेत र रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ घर भएका अमित बस्नेत रहेका छन्। उनीहरूविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको थियो।

advertisement

ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

कलबहादुर बस्नेत हाल डिल्लीबजार कारागारमा छन्। उनलाई इन्टरपोलको सहयोगमा गत भदौमा दुबईबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो। उनी मानव बेचबिखन तथा असोर पसारको कसुरमा पुर्पक्षका लागि कारागारमा राखिएका छन्। अर्का प्रतिवादी अमित भने फरार छन्। उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।

उनीहरूले २५० जनालाई अवैध तरिकाले अमेरिका पठाएको र केहीलाई भने अमेरिका पठाउने भन्दै अलपत्र पारी ठगी गरेको आरोप छ। कलबहादुरको विभिन्न बैंक खाताहरूको जाँच गर्दा ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ अवैध कारोबार भएको भेटिएको थियो।

अर्का फरार प्रतिवादी अमितको खाताबाट २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ अवैध कारोबार भेटिएको प्रहरीको भनाइ छ। दुवै प्रतिवादीको गरी ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ अवैध कारोबार भएकोले सोही बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com