काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकता एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरेका छन्।

यहाँ आज आयोजित कार्यक्रममा नेकपा (एमाले) पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नुभएका कीर्तिपुर नगरपालिकाका पूर्व प्रमुख रमेश महर्जन र वडा नं ६ का पूर्ववडाअध्यक्ष नुच्छे मर्हजनलाई पार्टीमा स्वागत गर्दै संयोजक दाहालले राष्ट्रवादी शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राखे।

advertisement

पार्टी प्रवेश गरेका पूर्वप्रमुख महर्जनले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट कीर्तिपुर–१० मा तारा चिह्नबाट उम्मेदवार रहेकी रुपा मर्हजनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए।

पूर्वनगरप्रमुख र पूर्ववडाअध्यक्षलाई नेकपाका नेता बामदेव गौतमलगायतका नेताहरूले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन्।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com