काठमाडौं । ललितपुर कुपण्डोल स्थित दाउरा थकाली मा आगलागी भएको छ।
मंगलबार दिउँसो करिब पौने ४ बजेतिरबाट उक्त रेस्टुरेन्टमा आगलागी सुरु भएको हो। आगो नियन्त्रणका लागि दमकल घटनास्थलतर्फ पठाइएको छ र नियन्त्रण प्रयास जारी रहेको जनाइएको छ।
आगलागी कसरी सुरु भयो भन्नेबारे हालसम्म स्पष्ट हुन सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया