काठमाडौं । प्रहरीले देशका नौ जिल्लाबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ।
काठमाडौं, कैलाली, झापा, बारा, चितवन, बर्दिया, दाङ, गुल्मी र सुर्खेतबाट उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट गाँजा, खैरो हेरोइन र ब्राउनसुगरजस्तो देखिने लागुऔषध बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार















प्रतिक्रिया