झापा । झापाको बिर्तामोडबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने लागुऔषध र १३ लाख ३९ हजार रुपैयाँ नगदसहित एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीकी ३६ वर्षीया पार्वता राजवंशी रहेकी छन्। उनी बिर्तामोड नगरपालिका–५ जिर्गाटोलमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले शनिबार साँझ उनको कोठामा खानतलासी गरेको थियो। त्यसक्रममा प्लास्टिकबाहेक १८ ग्राम ४८० मिलिग्राम र प्लास्टिकसहित २२ ग्रामभन्दा बढी तौल भएको ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले कोठाबाट १३ लाख ३९ हजार रुपैयाँ नगद, दुई थान मोबाइल, एक थान डिजिटल तराजु, छुरी र कैँचीसमेत बरामद गरेको छ।

लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आशंकामा पक्राउ परेकी राजवंशीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com