काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्।

निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी कुलमान घिसिङले ११ हजार १७१ मत पाएका छन्।
यससँगै पाण्डेले घिसिङलाई ७ हजार ५८६ मतको अन्तरले पराजित गरेका हुन्।

advertisement

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com