बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा जारी मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले उल्लेखनीय अग्रता बनाएका छन्।

हालसम्म सार्वजनिक मतपरिणामअनुसार ढकालले ९ हजार ६५ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप ज्ञवालीले ३ हजार ७५६ मत पाएका छन् भने नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीले ३ हजार ५३६ मत हासिल गरेका छन्।

advertisement

यस्तै नेपाल कम्युनिस्ट पार्टीका सुदर्शन बरालले २ हजार ४१६ मत प्राप्त गरेका छन्। अहिलेसम्मको मतगणनाअनुसार ढकालले दोस्रो स्थानमा रहेका ज्ञवालीभन्दा करिब ५ हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन्।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com