काठमाडौं। पर्सा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि पन्त विजयी भएका छन् । उनले २७ हजार २ सय ७४ मत पाएका छन् ।
यस क्षेत्रमा दुई पटक जितेका र तीन पटक मन्त्री भएका नेकपा एमालेका प्रदीप यादव १३ हजार ३० मतमा रोकिएका छन् । विजयी भएका हरि पन्तले १४ हजार २ सय ४४ मतको फराकिलो अन्तर पारेका हुन् ।
प्रदीप यादव २०७४ र २०७९ मा जसपा नेपालबाट जितेका थिए । उनी खानेपानी मन्त्री, स्वास्थ्यमन्त्री र वन मन्त्री भएका थिए । जसपा नेपाल विभाजनपछि जसपाको उपमहासचिव बनेका यादव निर्वाचनअघि जसपा नेपालमै फर्किएर अध्यक्ष उपेन्द्र यादव र महासचिव लालबाबु राउतसँग टिकट पक्का गरेपछि नेकपा एमालेमा प्रवेश गर्दै निर्वाचनमा होमिएका थिए ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया