मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले १०९ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। चितवनबाट हेटौंडातर्फ ल्याइँदै गरेको पिकअप गाडीमा लुकाएर ओसारपसार भइरहेको अवस्थामा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बा.प्र.०१–०२६ च ४८९३ नम्बरको योद्धा पिकअप रोकेर जाँच गर्दा गाडीको पछाडिको भागमा त्रिपालले छोपेर प्लास्टिकका पोकाभित्र लुकाइएको गाँजा फेला पारेको थियो।

प्रहरीका अनुसार गाडीबाट १५ वटा पोकामा राखिएको १०९.०९६ किलोग्राम गाँजा बरामद गरिएको छ।

घटनामा पिकअप चालक धादिङको गजुरी नगरपालिका–७ किरानचोक निवासी ४१ वर्षीय सुमन तामाङ र सोही गाडीमा सवार १९ वर्षीय ईरोज तामाङ पक्राउ परेका छन्।

प्रहरीले बरामद गाँजा, प्रयोग गरिएको पिकअप गाडी तथा दुवै अभियुक्तलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com