काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्दै छन्। भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुन लागेको ‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।
भट्टराईको सचिवालयका अनुसार उक्त समिट १२, १३ र १४ गतेसम्म सञ्चालन हुनेछ। समिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका चर्चित व्यक्तित्वहरूको सहभागिता रहनेछ भने बाबुराम भट्टराई भारत मा ‘गेस्ट अफ ओनर’ का रूपमा सहभागी हुने कार्यक्रम छ।
सचिवालयका अनुसार सम्मेलनअन्तर्गत शनिबार बिहान भट्टराईले डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै लोकतन्त्र, सुशासन र युवाको भूमिकाबारे आफ्नो धारणा राख्नेछन्।
यो पनि:
रास्वपाको जनलहर शान्त विद्रोहको अभिव्यक्ति : बाबुराम भट्टराई
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया