काठमाडौं । भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालको डल्लुस्थित निवासमा आगजनी गरी उनकी पत्नी रविलक्ष्मी चित्रकार लाई घाइते बनाएको आरोपमा बझाङका ३६ वर्षीय दिलबहादुर खातीविरुद्ध आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ।

प्रहरी वृत्त स्वयम्भुले अनुसन्धानपछि जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता गरेको हो। सरकारी वकिल कार्यालयले खाती विरुद्ध ‘ज्यान मार्ने उद्योग’ र ‘अपराधिक उपद्रव’ को कसूरमा १० करोड ३४ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति र कैद सजाय माग गर्दै मुद्दा दर्ता गरेको बताइएको छ।

advertisement

अभियोग पत्रअनुसार, २०८२ भदौ २४ गते जेनजी समूहले नेपाल सरकारविरुद्ध प्रदर्शन गर्दै पूर्वप्रधानमन्त्री खनालको घरमा प्रवेश गरेको थियो। प्रदर्शनकारीहरूले खनालकी पत्नी रविलक्ष्मी चित्रकार र परिवारलाई गालीगलौज गर्दै सुरक्षा दस्तालाई तितरबितर पारेका थिए।

भिडिओ र प्रत्यक्ष प्रमाणअनुसार घरको ग्यारेजमा रहेको सरकारी गाडी (प्रदेश ०३–०१–००२ झ ५१८७) र घरभित्रका सरसामानमा प्रज्वलनशील पदार्थ प्रयोग गरी आगजनी गरिएको थियो। सो घटनामा घरभित्रै रहेकी ७० वर्षीया रविलक्ष्मी चित्रकारलाई घर बाहिर निस्कन नदिई ज्यान मार्ने नियतले आक्रमण गरिएको आरोप छ।

हाल अभियुक्त खाती फरार छन्। प्रहरीले सामाजिक सञ्जालमा फैलिएको भिडियोको आधारमा उनको पहिचान गरेको छ र खोजीकार्य जारी राखेको जनाएको छ।

याे पनि:

झलनाथ पत्नी रविलक्ष्मी खतरामुक्त

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com