काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक बुधबार बिहान दुईवटा ड्रोन खस्दा चार जना घाइते भएका छन्।

दुबई मिडिया अफिसले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै भारतीय नागरिक एकजना मध्यम घाइते भएको र दुई जना घानाका नागरिक तथा एक जना बङ्गलादेशी सामान्य घाइते भएको जनाएको छ।

advertisement

अधिकारीहरूका अनुसार ड्रोनहरू दुबई अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल वरिपरि खसेका थिए। घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। घटनापछि पनि दुबई विमानस्थलमा हवाई उडान सामान्य रूपमा सञ्चालन भइरहेकाले यात्रीहरूमा ठूलो त्रास फैलिएको छैन। विमानस्थलको संरचनामा क्षति पुगेको भए पनि अहिलेसम्म विस्तृत विवरण सार्वजनिक भएको छैन।

विशेषज्ञहरूले भनेका छन्, मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच बढ्दो द्वन्द्वका कारण खाडी क्षेत्रमा विमानस्थल, समुद्री मार्ग र ऊर्जा पूर्वाधारमा सुरक्षा जोखिम बढेको छ। हालै स्ट्रेट अफ होर्मुज आसपासका जहाजहरू र क्षेत्रीय सैन्य संरचनाहरू आक्रमणको निशानामा परिरहेका छन्।

याे पनि:

दुबई विमानस्थलमा खसे २ वटा ड्रोन

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com