एजेन्सी । दुबईमा रहेको एउटा गगनचुम्बी भवनमा ठुलो भ्वाङ देखिएको छ । दुबई सरकारले बिहीबार बिहान जानकारी दिँदै भवनमा ड्रोन खस्दा यस्तो घटना भएको पुष्टि गरेको छ।

हालसम्म ड्रोन कहाँबाट आएको हो भन्ने कुरा स्पष्ट भएको छैन। दुबई सरकारको सञ्चार कार्यालयले बिहीबार राति दुबई क्रिक हार्बर नजिकैको क्षेत्रमा भएको घटनामा प्रतिक्रिया दिइरहेको जनाएको थियो।

advertisement

बीबीसीले प्रमाणित गरेको भिडियोमा भवनभित्र आगो बलिरहेको दृश्य देखिन्छ, जसमा ड्रोन प्रहार भएको अनुमान गरिएको छ। बिहीबार बिहानको अपडेटअनुसार दुबई सरकारले आगो नियन्त्रणमा लिएको जनाएको छ। अहिलेसम्म कसैलाई चोटपटक लागेको खबर प्राप्त भएको छैन।

यो पनि:

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com