काठमाडाैं । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

राजमार्गको महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको से १ ज १४०५ बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

advertisement

जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको बताए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ, प्रहरी निरीक्षक थापाले भने,मोटरसाइकल चालक र सवारको मृत्यु भएपनि पहिचान खुल्न सकेको छैन ।

प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यो पनि:

दुर्घटनामा चालकको मृत्यु

 

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com