काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको मृत्यु भएको छ । बिहीबार जिल्ला कमिटी बैठकमा बोल्ने क्रममा उनी ढलेका थिए ।

कास्की ईन्चार्ज कृष्ण थापा को शव मणिपाल अस्पतालमा राखिएको छ ।  जिल्ला कमिटीको बैठकस्थलमै उनलाई हृदयघात भएको बताइएकाे छ।

advertisement

गत फागुन २१ मा भएकाे प्रतिनिधि सभा निर्वाचनमा उनलाई कास्की– २ को उम्मेदवार बनाइएकाेमा विरोध भएपछि टिकट खोसेर रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो ।

 

यो पनि:

हार स्वीकार्दै केपी ओलीले भने, ‘जनताको फैसला शिरोधार्य छ’

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com