काठमाडौं । लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको लुप०३–००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र२–०३–०१५प ३३९६ नम्बरको मोटरसाइकललाई करिब साँझ ७:३५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१ छप्कैया घर भई हाल सर्लाहीको लालबन्दी–१ नवलपुरमा बस्दै आएका ३५ वर्षीय सुनिल महतो गम्भीर घाइते भएका थिए। घाइते महतोलाई तत्काल एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको थियो, जहाँ उपचारकै क्रममा राति ९ बजे उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले बताए।
दुर्घटनामा संलग्न बस र चालक दाङ जिल्ला, तुलसीपुर नगरपालिका–९ निवासी ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेको छ।
प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार













प्रतिक्रिया