काठमाडौं। स्थानीय बजारमा कोइरालोको भाउ घटेको छ ।
कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले सोमबार कोइरालोको भाउ घटेको देखाएको हो ।
कालीमाटी बजारमा सोमबार कोइरालोको भाउ थोकमा प्रतिकिलो २ सय ५० रुपैयाँ कायम छ ।
आज स्थानीय बजारमा कोइरालोको भाउ किलोमा औसत ५० रुपैयाँ घटेको हो ।
हिजो प्रतिकिलो ३ सय रुपैयाँमा किनबेच भएको थियो ।फागुन दोस्रो सातादेखि बजारमा कोइरालो आउन थालेको हो ।
कोइरालोको मुख्य सिजन चैत हो । कालीमाटी बजारमा कोइरालो धादिङका विभिन्न ठाउँबाट भित्रिने गर्छ ।
फागुन अन्तिम साता कोइरालो प्रतिकिलो थोकमा अधिकतम ३ सय ५० र औसत ३ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।
यो पनि:
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार












प्रतिक्रिया