काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रशिक्षण कार्यक्रम चैत ३ र ४ गते काठमाडौंमा सञ्चालन गरिनेछ।

advertisement

उक्त कार्यक्रममा पार्टीका नवनिर्वाचित सांसदहरूलाई संसदीय भूमिका, पार्टीको नीति तथा कार्यदिशा, संसदीय प्रक्रिया र जिम्मेवारीबारे जानकारी दिइने बताइएको छ।

त्यसैगरी सबै सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेभित्र काठमाडौँ उपत्यकाभित्र तोकिएको स्थानमा उपस्थित हुन पार्टीले आग्रह गरेको छ।

 

यो पनि:

रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com