काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले सरकार सञ्चालन भएसँगै पार्टीले नागरिकसँग गरेका प्रतिबद्धता कार्यान्वयनतर्फ अघि बढेको बताएका छन्।

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति रवि लामिछाने ले पार्टीले चुनावअघि आम नागरिकलाई गरेको वाचा पूरा गर्न सुरु गरिसकेको दाबी गरेका हुन्।

advertisement

अब वाचापत्रमार्फत जनताको जनजीविकामा ठोस परिवर्तन ल्याउने जिम्मेवारी पार्टीमाथि रहेको उनको भनाइ छ। उनले सरकार नागरिकसँग गरेका वाचाहरू पूरा गर्न सक्षम हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘पार्टीले आम नागरिकलाई गरेको जुन वाचा थियो, आज हामीले त्यो पूरा गरेका छौँ। अब वाचापत्रमार्फत जनताको जनजीविकामा परिवर्तन ल्याउने जुन वाचा हामीले गरेका छौँ, त्यो पूरा गर्ने दायित्व र जिम्मेवारी हामीसँग छ। मलाई विश्वास छ, हामी त्यो जिम्मेवारी पनि पूरा गर्छौं।’

प्रधानमन्त्री आलोपालो हो कि पुरै कार्यकाल बालेन्द्र शाहले चलाउनुहुन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले त्योबारे कुनै सल्लाह नभएको जवाफ फर्काए।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com