काठमाडौं। गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको टिप्पणी गरेका छन् ।

काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दी गर्दै आएका युवालाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाइदिएको रहेछ ।’

advertisement

गृहमन्त्री बनेपछि गुरुङको नेतृत्वमा प्रहरीले भ्रष्टाचारमा मुछिएका व्यापारीदेखि उच्चस्तरीय राजनीतिक नेतालाई समेत पक्राउ गर्ने क्रम तीव्र बनाएको छ ।

यो टिप्पणीले गृहमन्त्री गुरुङले विगतमा सुरक्षाकर्मीमाथि गरिएको दबाब र राजनीतिक हस्तक्षेपप्रति व्यङ्ग्य गरेको रूपमा व्याख्या गरिएको छ ।

उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको छ ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com