काठमाडाैं । नवलपुरमा दूषित पानीका कारण वन्यजन्तुहरू, विशेषगरी गैँडाहरू, धमाधम मृत भेटिन थालेपछि स्थानीयवासीहरूले सुधन गुरुङ समक्ष गम्भीर चिन्ता व्यक्त गरेका छन्। यसै सन्दर्भमा नवलपुरका सांसद राजन गौतमको नेतृत्वमा गएको टोलीले गृहमन्त्री सुधन गुरुङ लाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ।
स्थानीयका अनुसार नजिकै रहेका विभिन्न उद्योगहरूबाट निस्किएको फोहोर तथा दूषित पानी खोलामा मिसिँदै आएको छ। सोही पानी सेवन गर्दा गैँडा लगायत अन्य वन्यजन्तुहरू बिरामी भई मर्ने गरेको आरोप उनीहरूको छ। वातावरणीय असरका कारण जैविक विविधता नै संकटमा पर्न थालेको भन्दै उनीहरूले तत्काल कदम चाल्न माग गरेका छन्।
यस विषयलाई गम्भीरतापूर्वक लिँदै गृहमन्त्री सुधन गुरुङले उक्त औद्योगिक क्षेत्रको स्थलगत अवलोकन समेत गरेका छन्। निरीक्षणका क्रममा उनले सम्बन्धित निकायहरूलाई प्रदूषण नियन्त्रणका लागि कडाइका साथ अनुगमन गर्न निर्देशन दिएका छन्।
स्थानीयवासी तथा सरोकारवालाहरूले उद्योगहरूबाट निस्कने फोहोर व्यवस्थापनमा कडाइ गर्न, दोषी उद्योगमाथि कारबाही गर्न तथा वन्यजन्तु संरक्षणका लागि प्रभावकारी योजना ल्याउन सरकारसँग माग गरेका छन्।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार













प्रतिक्रिया