धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीमा कार्यरत एक कार्यालय सहयोगीको छतबाट खसेर मृत्यु भएको छ।
सरसफाइ गर्ने क्रममा गणको मेसको माथिल्लो तलाबाट खस्दा कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी घर भएका २७ वर्षीय अजय चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्काल अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार बिहीबार बिहान करिब ८ बजेतिर मेसको भान्साको छतमा सरसफाइ गर्ने क्रममा उनी खसेर बेहोस भएका थिए।
गम्भीर अवस्थामा रहेका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया