काठमाडौं । जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदीबन्दीलाई प्रहरीले आज पक्राउ गरेको छ।
गत भदौ २४ गते आन्दोलनकै क्रममा फरार भएका सिन्धुली, सुनकोशी गाउँपालिका–५ स्थायी घर भएका तथा हाल काठमाडौँको सुकेधारामा बसोबास गर्दै आएका २५ वर्षीय प्रकाश मगरलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीका अनुसार प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उनलाई ललितपुर महानगरपालिका–३ सानेपामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका मगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः नख्खु कारागारमा बुझाइएको छ।
प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार













प्रतिक्रिया