काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अनुशासन समितिको बैठक आह्वान गरेको छ। सोमबार दिउँसो धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी समितिका सदस्य भक्ति सिटौलाले दिएका छन्।

उनका अनुसार बैठकमा पार्टीभित्र देखिएका आन्तरिक अनुशासनसम्बन्धी विषयहरूमा व्यापक छलफल गर्दै आवश्यक निर्णय गरिनेछ। पछिल्लो समय पार्टीभित्र बढ्दो मतभेद र विवादका बीच बस्न लागेको यो बैठकलाई विशेष महत्वका साथ हेरिएको छ।

advertisement

पार्टीभित्रको इतर समूहले अध्यक्ष राजेन्द्र लिङ्देन को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्। विशेषगरी महामन्त्री धवलशमशेर राणा ले जेठभित्र महाधिवेशन नभए पार्टी नै संकटमा पर्ने चेतावनी दिएपछि आन्तरिक तरंग थप तीव्र बनेको छ।

यिनै विकसित घटनाक्रमलाई मध्यनजर गर्दै बैठकमा अनुशासनसँग सम्बन्धित समग्र विषयमा पनि विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com