काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम केसीमाथि छानबिन गर्न विशेष समिति गठन गरिएको छ।

मधेश प्रदेश प्रहरी कार्यालयले एसपी केसीसँग सम्बन्धित विषयमा अनुसन्धान गर्न वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को नेतृत्वमा समिति गठन गरेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) अभि नारायण काफ्लेका अनुसार एसएसपी कमल थापाको नेतृत्वमा समिति बनाइएको छ।

advertisement

समितिले गठनसँगै काम सुरु गरिसकेको छ र एसपी केसीसँग प्रारम्भिक सोधपुछ पनि अघि बढाइसकेको जनाइएको छ।

एसपी केसी र एक सर्वसाधारणबीचको फोन संवादको अडियो सार्वजनिक भएपछि यो विषय विवादमा आएको हो। उक्त संवादमा उजुरी दर्ता गर्न खोज्दा प्रहरीले असहयोग गरेको तथा आवश्यक सहजीकरण नगरेको गुनासो गरिएको सुनिन्छ।

सोही घटनाको सत्यतथ्य पत्ता लगाउन र आवश्यक कारबाही प्रक्रिया अघि बढाउन समिति गठन गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com